भोलिदेखि उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा (विज्ञप्तिसहित)

भोलिदेखि उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा (विज्ञप्तिसहित)



काठमाडौं । यातायात मजदुरले मङ्गलबारदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् ।

सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको बताए । सोमबार उनीहरुले बालाजु क्षेत्रमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।

आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ ।