कुनै बिकेट नगुमाई नामिबियालाई हराउँदै स्कटल्याण्ड बन्यो लिग टु विजेता

कुनै बिकेट नगुमाई नामिबियालाई हराउँदै स्कटल्याण्ड बन्यो लिग टु विजेता



काठमाडौं । स्कटल्याण्ड आइसीसी क्रिकेट विश्वकप लिग टुको विजेता बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा नामिबियालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बनेको हो ।

नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाई जीत हासिल गरेको हो । यो शृंखलामा स्कटल्यान्डको यो पहिलो खेल हो ।

स्कटल्यान्डको जितमा आक्रामक रूपमा प्रस्तुत भएका मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १०३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मुन्सेको यो पहिलो शतक हो । 

टस हारेपछि ब्याटिङमा निम्त्याइएको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो ।  सो खेलमा स्कटल्यान्डका माइकल लियस्कले चार विकेट लिए भने सफ्यान सरिफ र मार्क वाटले समान तीन तीन विकेट लिएका थिए । 

नामिबिया यसअघि मंगलबार भएको खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो । ७ देश सम्मिलित लिग टुमा यो जितसँगै ३३ खेलबाट ४८ अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा छ । ३२ खेलबाट ३७ अंकसहित नामिबिया तेस्रो स्थानमा छ । स्कटल्यान्डले अब शुक्रबार नेपालसँग खेल्नेछ ।