गण्डकीमा बिहीबार सार्वजनिक बिदा

गण्डकीमा बिहीबार सार्वजनिक बिदा



पोखरा । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको दिन भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन समावेश गरिएको हो ।

गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । संघ सरकारले दिएकाबाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।