सेयर कारोबार रोक्न नेप्सेलाई सिभिल बैंकको पत्र

सेयर कारोबार रोक्न नेप्सेलाई सिभिल बैंकको पत्र



काठमाडौं। सिभिल बैंकले सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गर्दै पत्र पठाएको छ ।

बैंकले फागुन १४ गतेदेखि चैत २ गतेसम्म सेयर काराेबार राेक्न नेप्सेलाई पत्राचार गरेकाे हाे । एकीकृत कारोबारपछि लक्षित गरिएको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन सिभिलले नेप्सेलाई आग्रह गरेको हो ।  

यता, फागुन १२ गतेदेखि हिमालयनले सिभिल बैंकलाई प्राप्त गरेर ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुँदै छ । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट गत माघ १७ गते, धितोपत्र बोर्डबाट माघ २३ गते र कम्पनी रजिष्टारकाे कार्यालयबाट फागुन २ गते अन्तिम स्वीकृति पाएको थियो।