ओखलढुंगा । सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा महाशिवरात्रीका दिन पूजा गर्न खोज्दा दलित समुदायका ब्यक्ति विभेदमा परेका छन्।
स्थानिय शिक्षिका कृष्णकुमारी गजमेरका अनुसार उनकी आमालाई मन्दिरमा पूजा गर्नबाट वञ्चित गरिएको थियो। गजमेर मन्दिरमा गएर प्रतिवाद गरेपछि गुरुङले मन्दिरको गेट लगाएका थिए। यो घटना सञ्चारमाध्यममा सार्वजनिक गर्ने भनेपछि अगुवा गुरुङले ढाेका खोलेको उनले सुनाइन्।
यसअघि पनि महाशिवरात्रीको अवसरमा पुजाआजा गर्न आएका दलीत समुदायका ब्यक्तिहरुलाई मन्दिरको रेखदेख गर्दै आएका अगुवा लक्ष्मण गुरुङलगायतले अवरोध गरेका थिए। पुजाआजका लागि आएका अन्यलाई सहजीकरण गरिरहेका गुरुङले दलित समुदायका ब्यक्ति आउनासाथ मन्दिरमा पुजाआजा गर्न मिल्दैन भनेर रोक लगाएका थिए । कुष्णकुमारीको आमालाई पनि रोक लगाएपछि उनले भने प्रतिवाद गरेकी थिइन् ।
सो घटना सार्वजनिक भएपछि मन्दिरका पुजारीलाई जुठो परेकाले पूजाआजा नभएको तर मन्दिरमा रोक नलगाएको भन्दै गुरुङले जवाफ दिएको अधिकारकर्मीहरुले जनाएका छन ।
प्रतिक्रिया