आइएमई पे र मेटलाइफ इन्स्याेरेन्सबीच सम्झौता

आइएमई पे र मेटलाइफ इन्स्याेरेन्सबीच सम्झौता



काठमाडौँ । आइएमई पे र मेटलाइफ इन्स्याेरेन्सबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मेटलाइफ इन्स्याेरेन्सका सेवाग्राहीहरूले इन्स्याेरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन् ।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् ।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी सहरहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।