अब एमालेसँग गठबन्धन नबन्ने घनश्याम भूसालकाे दाबी

अब एमालेसँग गठबन्धन नबन्ने घनश्याम भूसालकाे दाबी



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले राष्ट्रपतिको निर्वाचनमा एमालेसँग गठबन्धन नहुने बताएका छन् । बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको बैठकले राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे सैद्धान्तिक सहमति गरेकोले अब अर्को खालको गठबन्धन नहुने उनले बताए । कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा आआफ्नो दाबी गरेपनि अब चारवटै दल एउटा निर्णयमा पुग्ने उनको दाबी छ ।

उनले राष्ट्रपति निर्वाचनबारे एमालेसँगको गठबन्धन नबन्ने दाबी गरेका छन् । उनले शीर्षस्थ नेताहरुबीच दिउँसो फेरि छलफल हुने र त्यसले प्रस्तावहरु बनाउन सक्ने जानकारी दिए ।

आज बिहानकाे बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी थिए ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बैठक सकारात्मक भएको जानकारी दिएका छन् ।