लाभांश वितरण गर्दै अपी पावर कम्पनी

लाभांश वितरण गर्दै अपी पावर कम्पनी



काठमाडौं । अपी पावर कम्पनीको आज आइतबार साधारण सभा बस्दैछ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको छ । 

साधारण सभामा कम्पनीले बोनस सेयर ७.५० प्रतिशत र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने हुनेछ । 

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को एजेन्डा भने लेखापरीक्षक नियुक्ति गरी पारिश्रम पनि निर्धारण गर्ने प्रस्तावमा छलफल हुनेछ। 

कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ भने ३ फागुनसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने र प्रस्तावित लाभांश पनि पाउन सक्नेछन् ।