कोरियाली राजदूतकाे ‘नातु नातु’ डान्स भाइरल, मोदीको प्रशंसा

कोरियाली राजदूतकाे ‘नातु नातु’ डान्स भाइरल, मोदीको प्रशंसा


ग्लोब नेपाल
567
Shares

नयाँ दिल्ली । भारतमा रहेको दक्षिण कोरियाली दूतावासले आफ्ना कर्मचारीहरूसहित हिट तेलुगु फिल्म आरआरआरको ‘नातु नातु’ गीतमा नृत्य गरेको भिडियो यतिखेर भाइरल भएको छ ।

भिडियोमा राजदूत चाङ जे बोक र उनको टोलीले जोडी र ठूला समूहमा गीतका विभिन्न स्टेपहरू प्रस्तुत गरेको देख्न सकिन्छ। भिडियो साताको अन्त्यमा भाइरल भयो, अहिलेसम्म ४० लाख हेरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘जीवित र मनमोहक’ टोली भन्दै प्रशंशा गरेको बिबिसीले जनाएको छ ।