काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न सभामुख घिमिरे मंगलबार शितल निवास पुगेका थिए ।
राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ ।
आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्ने कार्यक्रम छ ।
आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ ।
प्रतिक्रिया