काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आठ दलले आयोजना गर्ने भनिएको संयुक्त भेला निर्वाचनको मौन अवधि लागू हुने भएपछि स्थगित भएको छ । बिहीबार हुने राष्ट्रपति चुनावका लागि बुधबार सत्ता पक्षीय आठ दलले संघीय संसद र प्रदेशसभा सदस्यको संयुक्त भेला आयोजना गरेको थियो ।
औपचारिक भेला स्थगित भए पनि दलहरुले आफ्ना सांसदलाई अनौपचारिक रुपमा प्रशिक्षित भने गर्ने कार्यक्रम छ । राष्ट्रपति चुनावका लागि संघीय संसद र प्रदेशसभा सदस्य रहेको निर्वाचक मण्डल रहने संवैधानिक व्यवस्था छ ।
बिहीबार हुने चुनावका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमतलगायत आठ दलको तर्फबाट पौडेललाई अघि सारेको छ । एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया