कोलोराडोका नेपालीहरुकाे होली सम्पन्न

कोलोराडोका नेपालीहरुकाे होली सम्पन्न



कोलोराडो/अमेरीका । कोलोराडो निवासी नेपाली भाषी नेपालीहरुले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् ।

नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा शनीबारका नेपाली सांस्कृतीक केन्द्रमा आयोजित कार्यक्रममा कोलोराडोमा कृयासिल संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसायी, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमको सुरुमा नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाल र सल्लाहकार टिका सिटौलाले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य बारे प्रकाश पारेका थिए ।

उपस्थित सबैले एक आपसमा टिका लगाई कार्यक्रमको सुरुआत गरेका थिए । त्यसपछि संस्थाको प्राङ्गणमा जम्मा भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरु हातमा बिभिन्न थरीका रंग लिएर आ–आफ्ना दौतरिहरुलाई लगाउन व्यास्थ देखिन्थे । यसरी होली खेलीरहेको देख्दा विश्वको जुनसुकै कुनामा भएपनी नेपालीहरु आफ्नो संस्कृती र चाडपर्ब को जगेर्ना गर्न कम्बर कसेर लाग्छन् भन्ने प्रष्ट हुन्थ्यो ।

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत रुपमा होलीसुरु भएको मानिन्छ । नेपालको पाहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन र मधेसमा त्यसको भोलीपल्ट होली खेल्ने चलन रहेको छ । होली नेपाल संगै भारत, पाकिस्थान, जापान, थाईल्याण्ड, क्यानडा, अष्टेलिया, ईङल्याण्ड, अमेरिका लगाएतका देशहरुमा भब्यताका साथ मनाईन्छ । तर परदेशमा होलीकै दिन बिदा नपर्ने हुनाले होली अगाडी वा पछाडीको सनीबार आईतबार पारेर मनाउने चलन छ ।

दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आफ्ना पुत्र प्रलादाई मार्ने उद्धेश्यले ब्रम्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रलादका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रलादलाई केही नभएकले त्यही बेला देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी द्धापर यूगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती छ ।

यि र यस्ता हिन्दु संस्कृती तथा परंपरा अगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार असत्यमाथी सत्यको विजय स्वरुप भएको खुसियालीमा यो पर्व मनाईने चलन रहेको छ । आज संम्पन्न भएको फागु कार्यक्रममा उपस्थित सबै बालक हुन वा बृद्ध, यूवा यूवती सबै आ आफ्ना दौतरीका साथ रंग लगाएर खुशी साट्न व्यस्थ देखिन्थे ।

अपरान्ह १ बजे देखी सुरु भएको कार्यक्रम दिउसो ४ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा नेपाली घरले उपस्थित सबैलाई प्रसाद स्वरुप फलफुल, जेरी ,पुरी र तरकारी ब्यावस्था गरेका थियो । हरेक कार्यक्रम चन्दा सहयोगबाट संचालन गर्दै आएको संस्थाले यस कार्यक्रमको संम्पूर्ण खर्च दाताहरुको चन्दा सहयोगबाट खर्च गरिएको संस्थाका महासचिव भोला कटुवालले बताएका छन् ।