राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुको बधाई

राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुको बधाई


ग्लोब नेपाल
513
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएकी छन् । पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन् । 

पछिल्लो केही वर्षयता दुई देशबीचको सम्बन्धले विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको र त्यसले दुवै देशका नागरिकलाई लाभ मिलेको बधाई सन्देशमा उल्लेख गरिएको छ । द्विपक्षीय सम्बन्ध थप मजबुद बनाउनका लागि पौडेलसँग मिलेर काम गर्ने विश्वास लिएको मुर्मुद्वारा विज्ञप्तिमा उल्लेख छ ।