माओवादी पक्षधरहरुले गर्ने भनिएको अन्तर्क्रिया स्थगित

माओवादी पक्षधरहरुले गर्ने भनिएको अन्तर्क्रिया स्थगित


ग्लोब नेपाल
0
Shares

काठमाडौं । द्वन्द्वकालीन घटनाको मुद्दामा सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुले आज गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जनाएको छ ।

माओवादी घटकहरुको २६ फागुनमा बसेको बैठकले शान्ति प्रक्रियाका पक्षधर लगायतसँग ३० फागुनमा अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो । बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेकाे थियाे । द्वन्द्वकालीन मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्ने उनीहरुकाे जिकिर छ ।