बारा । जगदम्बा स्टिलको मुख्यप्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण चैत्र ९ देखि आयोजना हुने भएको छ । सिमरा रंगशालामा फ्लड लाइटमा आयोजनाहुने प्रतियोगिताबारे सोमबार आयोजक नवजनजागृती युवाक्लबले सिमरामा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
प्रतियोगितामा ५ ए डिभीजन क्लब र ५ मोफसलका गरि १० टिमको सहभागिता रहनेछ । साविक विजेता न्युरोड टिम एन.आर.टी., एपीएफ फुटबल क्लब, हिमालयन शेर्पाक्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथक्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवाक्लब सर्लाही, वीरगंज युनाइटेड क्लब र आयोजक नवजनजागृती युवा क्लबले प्रतियोगिता खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलकाम्यानअफदिम्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्ण दत भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
अघिल्लो संस्करणबाट मूख्य प्रायोजकका रुपमा आएको जगदम्बा स्टिलले यसवर्षका लागि सम्झौता नविकरण गरेको हो । प्रतियोगिताको व्यवस्थापनमा जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य आर्थिक सहयोग प्रदान गर्ने क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
चैत्र १८ सम्म चल्ने प्रतियोगिताको आवश्यकतयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजक नवजनजागृति युवाक्लबले जनाएको छ । सूर्य नेपालप्रा.लि.को मूख्य सहयोगमा रंगशालामा फ्लड लाइटको क्षमता बृद्धि गरिएको क्लबले जनाएको छ । यस वर्ष १० हजार दर्शक क्षमताको प्याराफिट समेत तयार भएकाले प्रतियोगिता हेर्ने दर्शकले समेत थप सहजता प्राप्त गर्नेछन् ।


प्रतिक्रिया