काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान जारी छ । बिहान १० बजेदेखि मतदान सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे १२ बजेसम्म प्रदेशतर्फ ३८३ र संघतर्फ २१२ मत खसेको छ ।
अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाटै प्रमिला कुमारी र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया