काठमाडौं । सत्ता गठबन्धनका दलहरुहरुको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने –‘लञ्च ब्रेक भयो । हामी फेरि ३ बजे बस्छौँ । सहमति भइसकेको छैन ।’
हिजोको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि दलहरुले धेरै मन्त्रालय मागेपछि सहमति बन्न सकेको थिए। कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि हिजोको बैठक निष्कर्षविहिन बनेको थियो।
हिजो बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
प्रतिक्रिया