नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

बीमितले प्रतिहजार रु. ८५ सम्म पाउने गरी पुरानो बोनसदरलाई निरन्तरता



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आ. व. २०७८/७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रति हजार बीमांक रु.६३ देखि रु.८५ निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार रु. ६४, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रति हजार रु. ६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रति हजार रु. ७०, २६ र सो भन्दा माथिका लागि प्रति हजार रु. ८५ तोकेको छ ।

त्यस्तै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधि सम्मको लागि प्रति हजार रु.६४, २१ देखि २५ वर्षसम्मका लागि प्रति हजार रु. ७०, २६ देखि २९ वर्षसम्मका लागि प्रति हजार रु. ८५ , ३० र सो भन्दा बढी अवधिका लागि प्रति हजार रु. ८५ छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार रु.६३, १० देखि १४ वर्षसम्मका लागि प्रति हजार रु. ६३ , १५ देखि १९ वर्षसम्मका लागि प्रति हजार रु. ६४, २० र सो भन्दा माथिका लागि प्रति हजार रु. ६४ को दरले बोनस दर तोकिएको छ ।

उच्च तथा आकर्षक बोनस दरको कारणले कर्जा÷दावी÷पूर्ण अवधि सबैमा बढी रकम प्राप्त हुने छ । ठूलो जीवन बीमा कोष भएको यस कम्पनीले अधिकतम प्रतिफल प्रदान गर्दै आफ्ना ग्राहकहरुलाई लाभान्वित गर्दै आइरहेको छ ।

कम्पनीको यस सफलताको लागि हामी सबै आदरणिय बीमीतहरु, अभिकर्ताहरु कर्तव्य निष्ठ कर्मचारीहरु, नेपाल बीमा प्राधिकरण, सबै सरोकारवालाहरु एवं शुभेच्छुकहरुमा आभार एवं कृतज्ञता व्यक्त गर्दछ ।