एनआईबीएल एस क्यापिटल र सिटिटेक ग्रुप बिच लगानी सम्झौता

एनआईबीएल एस क्यापिटल र सिटिटेक ग्रुप बिच लगानी सम्झौता



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वधित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको योजना व्थवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा फिनटेक, इनोभेटिभ सलुशन, रेमिटेन्स, माइक्रो–लेन्डिङ, डिजिटल पेमेन्ट, वालेट, पी.ओ.एस., ब्लकचेन जस्ता सेवाहरु संचालन गर्दै आइरहेको सिटिटेक ग्रुप प्रालि (Citytech Group Pvt. Ltd.) बिच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “Corporate Payroll SIP” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, सिटिटेक ग्रुप प्रालिका विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा सिटिटेक ग्रुप प्रालिका तर्फबाट कम्पनिका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले २०७९ चैत्र २० गते हस्ताक्षर गरेका छन् ।