मुम्बइमा उपचाररत चन्द्र भण्डारीको ताजा तस्बिर सार्वजनिक

मुम्बइमा उपचाररत चन्द्र भण्डारीको ताजा तस्बिर सार्वजनिक


ग्लोब नेपाल
16.3k
Shares

काठमाडौं । गत फागुन ४ गते आगलागी दुर्घटनामा परी घाइते भएर उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीको ताजा तस्बिर सार्वजनिक भएको छ । मुम्बइको नेसनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीलाई भेट्न पुगेको सांसदहरुको टोलीले उक्त तस्बिर सार्वजनिक गरेको हो ।

कांग्रेस सांसद प्रतिमा गौतम र शान्ति परिवारले भण्डारी उपचारका लागि बेडमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका हुन् । उनीहरुले विरामी कुरुवालगायत अन्यसँग अस्पताल अगाडि सामूहिक तस्बिर पनि खिचाएका छन् ।

सांसद गौतमले फेसबुकमा लेखेकी छन्– ‘भारतको मुम्बइ नेशनल बर्न सेन्टर अस्पतालमा नेपाली कांग्रेसका नेता माननीय दाजु डा. चन्द्र भण्डारीसँग भेटघाट गरियो । दाइको स्वास्थ्यमा धेरै सुधार आएको देखियो । साह्रै खुशी लाग्यो । चन्द्र दाइको श्रीमति भाउजु र मीनप्रसाद दाइ, बोधराज भाइसँग दाइको स्वास्थ्यस्थितिको बारे जारी लिइयो ।’

सांसद गौतमले राखेको तस्बिरअनुसार नेता भण्डारीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको देखिन्छ ।