नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा

नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा



काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिसअनुसार चारजना डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी नायव महानिरीक्षकहरू (डीआईजी) सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा गरिएको हो ।

चैत्र १३ गते बढुवा समितिको बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, तामाङलाई अपराध अनुसन्धान विभागमा,भण्डारीलाई मानव स्रोत र मिरा चौधरीलाई कार्य विभागमा पदस्थापन गरेको हो ।