महानगरले गैरीगाउँमा सुकुम्बासी वस्ती हटाउन खोज्दा तनाव

महानगरले गैरीगाउँमा सुकुम्बासी वस्ती हटाउन खोज्दा तनाव



काठमाडौं । काठमाडौंको गैरीगाउँमा बस्दै आएका सुकुम्बासीलाई काठमाडौं महानगरपालिकाले हटाउन खोज्दा झडप भएको छ । महानगरको टोली डोजर लिएर सुकुम्बासी वस्ती हटाउन आउँदा सुकुम्बासीहरूले प्रतिकार गरेका छन् ।

महानगरपालिकाले तीनकुने गैरीगाउँ क्षेत्र आसपासका सुकुम्बासी बस्ती हटाउने तयारी गरेको थियाे ।

महानगरपालिकाले बस्ती हटाउने तयारी गरेपछि सुकुम्बासीहरू घरेलु हातहतियारसहित प्रतिकारको लागि तयारी अवस्थामा छन् ।

यहाँकाे अवस्था तनावग्रस्त बनेको छ । महानगरको डोजर वस्ती छिर्न सकेको छैन । सुकुम्बासीहरूले टायर बालेर विरोध गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं महानगरपालिकाले केही समयअघि देखि अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने प्रयास गरे पनि सफल हुन सकेको छैन । काठमाडौंका मेयर बालेन्द्र साहले अव्यवस्थित सुकुम्बासी हटाउन पटक-पटक सरकारलाई आग्रह गर्दै आएका छन् ।