सवारी दुर्घटना हुँदा महोत्तरीमा एक जनाको मृत्यु

सवारी दुर्घटना हुँदा महोत्तरीमा एक जनाको मृत्यु



महोत्तरी । महोत्तरीको बर्दिवासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बर्दिवास-१ स्थित बजार क्षेत्रमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको हो ।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२९७ नम्बरको विङगर र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०४–००१ प् १३२७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी गौशला-९ का ३० वर्षीया पनिषकुमार कार्की घाइते भई बर्दिवास शुभस्वस्तिक अस्पतालमा उपचार गराउने क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

विङगर गाडीसहित चालक सर्लाही हरिवन-५ घर भएका निरज लामा र मोटरसाइल ईलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।