काठमाण्डौ । दलाई लामाले उत्तर भारतको एक कार्यक्रममा एक बालकको ओठमा चुम्बन गरेको र त्यसपछि जिब्रो चुस्न आग्रह गरेको भिडियो सार्वजनिक भएपछि माफी मागेका छन् । दलाई लामाको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु ।’ ‘परम पावनले आफूले भेटेका मानिसहरूलाई सार्वजनिक र क्यामेराको अगाडि समेत निर्दोष र चंचल तरिकाले जिस्काउँछन्,’ विज्ञप्तिमा भनिएको छ।
गत फेब्रुअरीमा धर्मशालाशहरमा भएको एक कार्यक्रमका क्रममा भएको उक्त चुम्बन आदानप्रदानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरै प्रयोगकर्ताले दलाई लामाको कार्यको आलोचना गरेका थिए । भिडियोमा ती बालकले नोबेल शान्ति पुरस्कार विजेता लाई ‘के म तपाईंलाई अँगालो हाल्न सक्छु ?’ भनेर सोधेको देख्न सकिन्छ। त्यसपछि ८७ वर्षीय आध्यात्मिक गुरुले बालकलाई स्टेजमा निमन्त्रणा दिन्छन् र आफ्नो गालातिर देखाउँदै भन्छन्, “पहिले यहाँ,” जसले बालकलाई अँगालो हाल्न र चुम्बन गर्न उत्प्रेरित गर्दछ।
त्यसपछि दलाई लामाले आफ्नो ओठ देखाउँदै भने: “त्यसो भए अन्तमा यहाँ पनि ” त्यसपछि उनले बालकको चिउँडो तानेर मुखमा चुम्बन गर्छन् । ‘मेरो जिब्रो चुस,” केही सेकेन्डपछि उनले आफ्नो जिब्रो बाहिर निकाल्दै भने । बालकको पहिचान खुल्न सकेको छैन । धर्मशालास्थित भारतीय रियल इस्टेट कम्पनी एमथ्रीएम ग्रुपको परोपकारी शाखा एमथ्रीएम फाउन्डेसनमा दलाई लामा स्थायी निर्वासनमा बस्छन् ।


प्रतिक्रिया