आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरकाे आज पत्रकार सम्मेलन

आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरकाे आज पत्रकार सम्मेलन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् । 

बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएकाे, आर्थिक वृद्धिदर घटेकाे, आयातकाे मात्रा बढेकाे तर निर्यात घटेकाे, राजश्व कम उठेकाे लगायतकाे समस्यालाइ लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ । 

बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन । उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।