२०७९ मा नेपालमा कुन फिल्मले कति कमाए (सूचीसहित)

२०७९ मा नेपालमा कुन फिल्मले कति कमाए (सूचीसहित)



काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । बोर्डको विवरणअनुसार २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ । कबड्डी ४ काे ७ लाख ६६ हजार टिकट बिक्री भएको उल्लेख छ ।

कन्नड फिल्म ‘केजीएफ २’ले १९ करोड २९ लाख रुपैयाँ ग्रस कमाएको जनाइएको छ भने नेपाली फिल्म ‘छक्कापञ्जा ४’ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डले जनाएको छ । यस वर्ष नेपालमा नेपालीसहित १३२ वटा फिल्म रिलिज भएको बोर्डले जनाएको छ ।

१३२ वटा फिल्मकाे कमाइको सूची :