नेपाल शिक्षक संघको महाधिवेशन काठमाडौंमा शुरु

नेपाल शिक्षक संघको महाधिवेशन काठमाडौंमा शुरु



काठमाडौं । नेपाली ‍कांग्रेसको शुभेच्छुक संगठन नेपाल शिक्षक संघको महाधिवेशन काठमाडौंमा शुरु भएको छ । सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा भव्य समारोहका बीच ‍कांग्रेस सभापति शेरबहादुर देउवाले संघको ९ औं संघीय महाधिवेशन उद्घाटन गरेका छन् ।

महाधिवेशनमा महामन्त्री गगन थापा पनि शुभकामना दिन पुगेका छन् । त्यस्तै, शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेललगायत ‍कांग्रेसमा संगठित शिक्षकहरु महाधिवेशनमा सहभागी छन् ।