बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ



काठमाडौं । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।

गिरी कपिलवस्तु जिल्ला अदालतमा कार्यरत थिए । पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी हुन् ।

गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने भएकाे छ ।

पत्नी आरती गिरी रावलले जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् । उनले हिजो श्रीमती पार्वती बोलाएर भेटेका थिए । राति पनि पार्वतीकै काेठामा बसेका थिए । आफ्नाे माेबाइल खाेसेर रातभर बन्धक बनाएकाे भन्दै पार्वतीले बिहान एक साथीलाई गुहारेकी थिइन् । ती साथीले पार्वतीलाई उद्दार गरेकी छन् ।

प्रहरीले पार्वतीकै काेठाबाट गिरीलाइ पक्राउ गरेकाे हाे ।