काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले आफ्ना प्रतिस्पर्धी भरतराज आचार्यलाई पराजित गर्दै विजयी भएकी हुन् । श्रेष्ठले ८४६ मत प्राप्त गरेकी छन् भने उनी निकटतम प्रतिद्वन्द्वी आचार्यले ७८१ मत प्राप्त गरेका छन् । जम्मा १ हजार ६५० मत खसेको थियो ।


प्रतिक्रिया