कोरोनापछि पहिलो पटक पोखराका होटल भरिभराउ

कोरोनापछि पहिलो पटक पोखराका होटल भरिभराउ


ग्लोब नेपाल
54
Shares

पाेखरा । नयाँ वर्ष २०८० को अवसरमा पोखरामा करिब शत प्रतिशत होटल भरिएको तथ्यांक सार्वजनिक भएको छ ।

नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको फेवा महोत्सव र नयाँ वर्ष मनाउन पोखरा पुग्ने आन्तरिक पर्यटकका कारण होटल तथा लजहरु करिब शत प्रतिशत भरिएको पोखरा होटल तथा रेष्टुराँ ब्यावसायी संघले जनाएको छ ।

कोरोना महामारीपछि पहिलो पटक यति ठूलो संख्यामा आन्तरिक पर्यटक पोखरा पुगेको पनि संघको भनाइ छ ।

पोखरा र आसपासमा ठूला–साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा रहेकोमा ती सबैमा ९० प्रतिशत भन्दा बढी कोठा भरिएको पनि संघको भनाइ छ ।

चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउनै मुस्किल भएको पनि होटल ब्यावसायीहरुले बताएका छन् ।