नयाँ वर्ष शुभकामना सांस्कृतिक साँझमा मिलन लामा (फोटोफिचर)

नयाँ वर्ष शुभकामना सांस्कृतिक साँझमा मिलन लामा (फोटोफिचर)



कोलोराडो । कोलोराडो निवासी नेपालीभाषी समुदायले गायक मिलन लामाको उपस्थितिमा शुभकामना सांस्कृतिक साँझ कार्यक्रमको आयोजना गरी नयाँ बर्ष २०८० को शुभकामाना आदान-प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना साँझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको उपस्थिति थियो ।

ब्रुमफिलस्थित लिगेसीहाई स्कूलमा शनिबार साँझ सम्पन्न भएको कार्यक्रममा, सहभागी कतिपय नेपाली दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए ।

कार्यक्रम आयोजना स्थलमा बालक हुन वा बृद्ध, यूवा हुन वा यूवती सबै आ आफ्ना दौतरीका साथ नयांबर्षको शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हक गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुराएर, उमेर र अबस्था अनुसार नयां बर्षको शुभकामाना साटासाट गर्ने प्रक्रिया निरन्तर चलिरहेको देखिन्थ्यो । प्रमुख अथिती नारायण श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको उद्धाटन गरेका थिए भने, संस्थाका नवनिर्वाचित अध्यक्ष अर्जुन बगालेले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

स्थानीय बाल कलाकारहरुले लोक , आधुनिक , देश भक्ति लगायतका गीतमा कम्बर मर्काई मर्काई नाचेको शुन्दर नृत्य हेरिरहदा आफुलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो ।
कार्यक्रममा बिशेष अतिथी मिलन लामाले चर्चित गीतहरु हङकङ आईडी ले, माझीदाई पोखरा फेवातालको जस्ता झण्डै आधा दर्जन गीत गाएर दर्शकलाई नचाएका थिए । त्यसैगरी कार्यक्रममा गायीका संझना पाण्डले पनि गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल भएकी थिईन ।

समारोहमा बिगत दुईबर्षको अवधिमा संस्थालाई बिभिन्न माध्यमबाट सहयोग पु-याउने महानुभावहरु बिनोद त्रिपाठी, नातिबाबु भट्ट, तेजप्रसाद ढकाललाई खादा लगाई दिई सम्मान पत्र प्रदानगरी सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा बिशेष अतिथी कलाकार मिलन लामा, अन्य कलाकार, कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न आर्थिक सहयोग गर्ने दाताहरु र निर्वाचन कमिटीका सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी, आयोजक संस्थाका पदधिकारी तथा बिभिन्न संस्थाका पदाधिकारीहरुबाट खादा लगाई मयांको चिनो प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रम तारा अधिकारी र आकृती राई अधिकारीले संयूक्त रुपमा संचालन गरेका थिए ।

कोलोराडोमा गठीत नेपालीहरुको पहिलो संस्था रकि माउन्टेन फ्रेन्डस् अफ नेपालको आजै साधारण सभा तथा हालै निर्वाचित नयां पदाधिकारीहरुलाई प्रमाण पत्र बितरण कार्यक्रम समेत रहेको थियो । कार्यक्रममा निर्वाचन समितीका संयोजक डा. शारदा काफ्ले त्रिपाठीले कार्यसमितीका सबै पदहरुमा एक एक जनाकोमात्र उमेद्धारी परेकोले सबै पदाधिकारीहरु निर्बिरोध निर्बाचित भएको घोषणा गरी सफद ख्वाई, रातो टिका लगाई दिदै निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेकी थिईन । कार्यक्रममा निर्वाचन समितीका सदस्यहरु कुमारजंग कार्कि र अञ्जुली शर्माको पनि उपस्थिती रहेको थियो ।

यसरी निर्बाचित हुने नयाँ कार्यसमितीका पदाधिकारीहरुमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष, क्रमश अर्जन बगाले, आकृति राई अधिकारी, नुरहरी पोखरेल रहेका छन् । त्यस्तै पब्लिक रिलेशन अफिसर तेजप्रसाद ढकाल, टेक्निकल अफिसर प्रकाश घतानी, महिला कोर्डिनेटर सुनिता अधिकारी चयन भएका छन् । यसैगरी संस्थाको बोर्डअफ डिरेक्टरहरूमा क्रमश रेवतराज पोडेल, यसोदा भट्ट, मिलन कोइराला, नरेश बिक र देव अधिकारी रहेका छन् ।

साधारण सभामा बिभिन्न संस्थाका पदाधिकारीहरुले नवनिर्वाचित कार्यसमितीका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए । अन्त्यमा सभापति टिका पौडेलले कार्यक्रम सफलताका साथ सम्पन्न बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।