काठमाडौं । अस्वस्थ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत जाँदै छन् । छातीमा समस्या देखिएपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको थप उपचारका लागि भारत जान लागेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
उनी श्री एयरलाईन्सको एम्बुलेन्सबाट भारत जान लागेका हुन् । छातीमा समस्या भएपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराएका थिए । राष्ट्रपति पौडेलको फोक्सोमा पानी जमेको देखिएपछि परीक्षणको लागि पानि निकालिएकोमा सामान्य इन्फेक्सन देखिएको थियो ।
छातीको समस्या पहिले देखिनै रहेको र भारतमा नै उपचार भईरहेको हुँदा थप उपचारका लागि भारत जान लाग्नुभएको प्रेस संयोजक कार्कीले जानकारी दिए ।
प्रतिक्रिया