अरविन्द र मुस्तफाको शतकमा यूएईले कुवेतलाई दियो ३७२ रनको लक्ष्य

अरविन्द र मुस्तफाको शतकमा यूएईले कुवेतलाई दियो ३७२ रनको लक्ष्य



काठमाडौं । भ्रित्या अरविन्द र रोहन मुस्तफाको सानदार शतकप्रेरित युनाइटेड अरब इमिरेट्स (यूएई)ले एसीसी प्रिमियर कपमा बुधबार कुवेतसामु ३७२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अरविन्द र रोहन दुवैले शतक प्रहार गरेपछि टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योगफल खडा गर्‍यो ।

२४–३ को दयनीय अवस्थाबाट अरविन्द र रोहनले चौथो विकेटका लागि २७५ रनको सानदार साझेदारी गर्दै यूएईलाई विशाल योगफलसम्म डोहोर्‍याएका हुन् ।

अरविन्दले १४७ बलमा १७ चौका र नौ छक्कासहित १८५ रन बनाए । आसिफसँगै शतक प्रहार गरेका रोहन मुस्तफाले १२५ बलमा १० चौका र चार छक्कासहित ११८ रन बनाए । यसबाहेक, अन्तिममा आक्रामक रूपमा प्रस्तुत भएका आसिफ खानले नौ बलमा दुई चौका र तीन छक्कासहित ३० रनमा अविजित रहे ।

कुवेतका शाहरुख कुदुस र परविन्दर कुमारले समान दुई विकेट लिए । यस्तै, सयद मुनिब र यासिन पटेलले एक–एक विकेट लिए ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेका यी दुवै टिमको यो पहिलो खेल हो ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

जसको समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् ।