बेइजिङकाे एक अस्पतालमा आगलागी हुँदा २९ जनाको मृत्यु

बेइजिङकाे एक अस्पतालमा आगलागी हुँदा २९ जनाको मृत्यु



बेइजिङ । बेइजिङस्थित एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको छ ।

बेइजिङको चाङफेङ अस्पतालमा मंगलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएको आज त्यहाँ आयोजित पत्रकार सम्मेलनमा बेइजिङको फेङताई जिल्लाका उपप्रमुखले बताएका छन् ।

उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोले जनाएको छ ।

आन्तरिक मर्मत सम्भार र निर्माणको क्रममा अस्पतालमा आगो सल्केको अनुमान गरिएको छ । मर्मत सम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ । एजेन्सी