एनआईबीएल एस क्यापिटल र डियरबाक अटो सर्भिसबिच लगानी सम्झौता

एनआईबीएल एस क्यापिटल र डियरबाक अटो सर्भिसबिच लगानी सम्झौता



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र डियरबाक अटो सर्भिस (Deerwalk Auto Service) बिच एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “Corporate Payroll SIP” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, डियरवाक अटो सर्भिस प्रा. लि. का विभिन्न तहका कर्मचारीहरूले आफुले इच्छा अनुरूप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा डियरवाक अटी सर्भिस प्रा.लि. (Deerwalk Auto Service Pvt. Ltd.) का तर्फबाट कम्पनिका प्रमुख कार्यकारी अधिकृत दवे श्रेष्ठ र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीको म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेतले हस्ताक्षर गरेका छन् ।