कोरोनाबाट एक जनाको मृत्यु, थप ८२ संक्रमित

कोरोनाबाट एक जनाको मृत्यु, थप ८२ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ ।

आज देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् । एकहजार ६३४ वटा नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ६५ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ ।

आजसम्म २९ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये पाँचजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।