प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस



काठमाडौं । नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो । बढुवा सिफारिसको एक नम्बरमा विश्व अधिकारी रहेका छन् ।