राष्ट्रपति पौडेल आज स्वेदश फर्किंदै

राष्ट्रपति पौडेल आज स्वेदश फर्किंदै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको ‘डिस्चार्ज’को तयारी गरिएको छ । भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत पौडेलेको आज डिस्चार्जको तयारी गरिएको हो ।

राष्ट्रपति पौडेल आजै बेलुका स्वदेश फर्कने तयारी रहेको राष्ट्रिपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई उपचारका लागि यही वैशाख ६ गते नयाँ दिल्ली लगिएको थियो । त्यसअघि, अस्वस्थ भएपछि उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

राष्ट्रपति पौडेलका साथमा उनका निजी चिकित्सक डा. निजम बम, स्वकीय सचिव चिरञ्जीवी अधिकारी र छोरा चिन्तन पौडेल पनि छन् ।