पानी परेर खेल रद्द भएसँगै ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपमा

पानी परेर खेल रद्द भएसँगै ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपमा



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज आइतवारको खेल पानी परेर रद्द भएपछि ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।

तेस्रो स्थानका लागि कुवेतसँगको खेल हुन नसकेपछि एकदिवसीय वरीयताको आधारमा ओमान इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो । कुवेतले जितका लागि दिएको १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाउँदा पानी परेर खेल रोकिएको थियो ।

एकदिवसीय वरीयतामा ओमान १८ औँ स्थानमा छ । कुवेतले भने एकदिवसीय मान्यता पाएकाे छैन ।

नेपाल र यूएईले यसअघि नै इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाइसकेका छन् । भोलि नेपाल र यूएईबीच फाइनल खेल हुनेछ । पानी परेर भोलि खेल हुन नसके पर्सि मङ्गलवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।