अपडेट : संखुवासभामा सिम्रिकको हेलिकोप्टर दुर्घटना

अपडेट : संखुवासभामा सिम्रिकको हेलिकोप्टर दुर्घटना



काठमाडौं । संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटना भएको छ । अपर अरुण जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेर गएको हेलिकोप्टर भोटखोला गाउँपालिका–४, सिब्रुङ आसपास दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बिहीबार काठमाडौंबाट संखुवासभा गएर बसेको उक्त हेलिकोप्टर आज सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको बताइएकाे छ ।

हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

घहेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताइएकाे छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।