सिम्रिक एयर दुर्घटना : एक जनाको मृत्यु

सिम्रिक एयर दुर्घटना : एक जनाको मृत्यु



काठमाडौं । संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

उपचारका लागि काठमाडौं लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको उनले जानकारी दिए ।

गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेलसहित तीनजनालाई उपचारका लागि काठमाडौं ल्याइएको बताइएकाे छ ।

क्याप्टेनसहित हेलिकोप्टरमा पाँचजना सवार थिए । सिम्रिक एयरको हेलिकोप्टर आज अपर अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर निर्माणस्थल जाँदै गर्दा भोटखोला गाउँपालिका ४ सिब्रुङमा दुर्घटनामा परेको थियो ।