काठमाडौँ । नेपाल प्रहरीका २१ प्रहरी उपरीक्षक(एसपी)हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा नियुक्ति दिइएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार आइतबार जनपदतर्फका १८ जना र चिकित्सकतर्फका ३ गरी २१ जनालाई बढुवा नियुक्ति गरिएको हो । बढुवा समितिको वैशाख १५ गतेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको थियो।


प्रतिक्रिया