नेप्से १६.९३ अंकले घट्यो

नेप्से १६.९३ अंकले घट्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.९१ प्रतिशतले घटेको छ । आज नेप्से १६.९३ अंकले घटेर १८३३.६९ को बिन्दुमा झरेको छ ।

आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ हजार एक रुपैयाँमा कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले घटेर ३५२.३७ को बिन्दुमा पुगेको छ । १३ वटा उपसमूहमध्ये सबैको समूहगत सूचक ओरालो लाग्यो । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक २.४४ प्रतिशतले घटेको छ ।

आज विन नेपाल लघुविक्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.०५ प्रतिशतले घटेर प्रतिकित्ता ७९२ रुपैयाँ कायम भएको छ । यस्तै, वेस्टर्न हाइड्रोपावर कम्पनीको सयेरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ ।