गृह मन्त्रालयमा साइबर सुरक्षा बैठक

गृह मन्त्रालयमा साइबर सुरक्षा बैठक



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साइबर सुरक्षासम्बन्धी छलफल गरेका छन् । गृहसचिव र तीनवटै प्रहरी संगठनका प्रमुखहरुलाई राखेर उनले साइबर सुरक्षाको वर्तमान अवस्था र सम्भावित चुनौतीबारे छलफल गरेका हुन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको उक्त छलफलमा गृहसचिव विनोद प्रकाश सिंह, नेपाल प्रहरीका आइजीपी बसन्त कुँवर, सशस्त्रका आइजीपी राजु अर्याल र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओम प्रकाश जोशी सहभागी थिए ।

छलफलमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतलगायतको पनि उपस्थिति रहेको बताइएको छ ।