शेयर बजार १० दशमलव ६६ अङ्कले बढ्याे

शेयर बजार १० दशमलव ६६ अङ्कले बढ्याे



काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ६९ वटा कम्पनीकाे २८ लाख ३६ हजार कित्ता शेयर ७७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको छ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे छ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि युनिक नेपाल लघुवित्तको शेयर साढे आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।