मेलम्चीको पानीले वीर अस्पताल अगाडिको सडक जलमग्न

मेलम्चीको पानीले वीर अस्पताल अगाडिको सडक जलमग्न



काठमाडौं । मर्मत सम्भारका लागि खुला गरिएको पाइपमा अचानक मेलम्चीको पानी आउँदा वीर अस्पताल अगाडिको सडक जलमग्न भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महाराजगञ्ज शाखाले अस्पताल अगाडि तीनअघि सडक खनेर मर्मत सुरु गरेको थियो । तर, पाइपमा भएको लिक मर्मतकै क्रममा सोमबार एक्कासि पानी आएपछि सडक जलमग्न बनेको हो ।

सडक जलमग्न हुँदा साना सवारी साधनहरूलाई आवतजावत गर्न समस्या भएको छ भने पैदल यात्रुहरूको यात्रा पनि सकसपूर्ण बनेको छ । खानेपानी लिमिटेडले समयमा पाइप मर्मत नगर्दा काठमाडौंमा बारम्बार यस्ता समस्या दोहोरिने गरेका छन् ।