प्रहरीले शरणार्थी प्रकरणकाे अनुसन्धान प्रतिवेदन आज नबुझाउने

प्रहरीले शरणार्थी प्रकरणकाे अनुसन्धान प्रतिवेदन आज नबुझाउने



काठमाडौं । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयले सो निर्देशन दिएकाे हाे । तर, सो समयसीमाभित्र अनुसन्धान प्रतिवेदन पेस नहुने भएको छ ।

नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असूली गरेको गिरोह बारेको अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएपनि प्रहरीले प्रतिवेदन नबुझाउने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान नसकिएको भन्दै बुधबार प्रतिवेदन नबुझाउने निर्णय गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए । उनले अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा नभएकाले आज प्रतिवेदन नबुझाउने भएकाे जानकारी दिए ।

प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ । यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गर्नुपर्छ ।

अनुसन्धान नसकिएपछि फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने काठमाडौं प्रहरीको तयारी छ ।