बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा वर्षा

बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा वर्षा



काठमाडौं । बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकासहित यी प्रदेशमा बाक्लो बादल लागेर मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा बाक्लो बादलका कारण दिउँसै बेलुकाजस्तो अँध्यारो भएको छ । पश्चिम नेपालमा अबका दुई दिन र पूर्वका अबका केही दिन दिउँसो मौसम बदलीसहित वर्षाको सम्भावना रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जनाकारी दिए । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली र वर्षा भइरेहको हो ।

यसैबीच काठमाडौंको मौसम खराब हुँदा हवाई उडान प्रभावित भएको छ । काठमाडौंबाट उड्ने जहाज प्रभावित नभए पनि अवतरण हुने जहाज भने प्रभावित भएका छन् ।