टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न अनुमति

टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता टेकनाथ रिजाललाई दुई दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

आजमात्रै पक्राउ परेका रिजाललाई लगत्तै अदालतमा पेश गरिएको थियो । उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

यही प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई मुछेपछि उनी समातिएका हुन् । राईले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका छन् ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । आजमात्रै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।