नीति तथा कार्यक्रम अनुमोदन गर्न सिंहदरवारमा मन्त्रिपरिषद् बैठक

नीति तथा कार्यक्रम अनुमोदन गर्न सिंहदरवारमा मन्त्रिपरिषद् बैठक


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरवारमा बसिरहेकाे छ । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न बैठक बसेकाे हाे ।

आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको कार्यक्रम अन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । आजको बैठकमा थप केही निर्णयहरू पनि हुन सक्ने सिंहदरवार स्रोतले जानकारी गराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित रहने बताउँदै आएका छन् ।